अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 03:08

तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छ : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८१ जेठ ११ गते ६:३५ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तेक्वान्दो देशभर बिस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार ललितुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपाले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपाले नेपालमा तेक्वान्दै धेरै नै लोकप्रिय बनिरहेको बताउनुभयो । उहाँले तेक्वान्दोलाई अझै बिस्तार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले तेक्वान्दो छोरीहरुलाई बढी भन्दा बढी सिकाउनुपर्ने जसले महिला हिंसाका घटनाहरु कम हुने बताउनुभयो । उहाँले खेलले शरीरलाई स्वस्थ बनाउने बताउनुभयो । उहाँले जिल्ला, पालिकाहरुमा पनि तेक्वान्दो बिस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष नेपालले खेलले सामुहिकताको भावना बढाउने बताउनुभयो । उहाँले खेलबाट अनशासित हुन, मेहनती हुन प्रेरित हुने बताउनुभयो । उहाँले खेललाई प्रोत्साहन दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय