अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६ | Colorodo: 06:01

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन थुनामा राख्न अनुमति

बिआरटीनेपाल २०८१ जेठ ९ गते ४:३४ मा प्रकाशित

धनुषा जिल्ला अदालतले नागरिकता किर्तेको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । मंगलबार साँझ काठमाडौंमा पक्राउ पर्नुभएका सिरोहियालाई स्थलमार्ग हुँदै बुधबार बिहान जकपुर पुर्याईएको  थियो । धनुषा जिल्ला अदालतका न्यायाधीश न्यायाधीश चुडामान खड्काको इजलाशले सिरोहियालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सिरोहियालाई जिल्ला अदालतमा पेश गर्ने क्रममा र इजलासमा सुनुवाई चल्ने अवधिभर जिल्ला अदालत र आसपास क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा बनाईएको थियो । अदालतभित्र प्रवेशमा पनि कडाई गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय