अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 08:45

संसदमा विकसित घटनाक्रमहरु सुखद छैनन् -अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८१ जेठ ८ गते ४:४१ मा प्रकाशित

नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरु सुखद नरहेको बताउनुभएको छ । मंगलवार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।अध्यक्ष नेपालले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरुमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरुको काम हुने बताउनुभयो । उहाँले संसदको गतिरोध हटाउने कुरामा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘संसदमा जुन किसिमका घटनाहरु भइरहेका छन्, ती घटनाहरु वास्तवमा सुखद् छैनन् । त्यसैले वार्ता र संवाद गर्ने कुरामा पनि समाधान खोज्नुपर्छ । अरु स्वार्थमा त्यसलाई मोड्ने काम गर्नु हुँदैन । निजी हितमा सोच्नु हुँदैन । हिजो एक किसिमको अवस्था थियो, अवस्थामा परिवर्तन भएको छ, हामीले विभिन्न पार्टीका नेताहरुसँग एक ढंगले संवाद कायम गरेका थियौँ । सहकार्य गर्दै आएका छौँ । अर्को ढंगले जानुपर्ने हो की भन्ने अवस्था पनि बनेको छ । अब यी सबै कुराका सन्दर्भमा कुनैपनि पार्टी फुटोस् भन्ने पक्षमा छैनौँ ।’अध्यक्ष नेपालले कुनैपनि पार्टीहरु नफुटुन् भन्ने आफूहरुको चाहना रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय