अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 08:59

सहकारी प्रकरण : कार्यादेश टुंगो लगाउने विषयमा जुटेन सहमति

बिआरटीनेपाल २०८१ जेठ ८ गते ४:३८ मा प्रकाशित

सहकारीको रकम हिनामिनाको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बसेको बैठक बिना निष्कर्ष सकिएको छ । मंगलवार सिंहदरबारमा बसेको कार्यदलको बैठकले आज पनि कार्यादेशको टुंगो लगाउन नसकेको हो । बैठकमा विभिन्न विकल्पहरुबारे छलफल भएको भएपनि निष्कर्षमा भने पुगि नसकेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताउनुभयो । उहाँले आजको कार्यदलको बैठक सकारात्मक भएको बताउनु भयो । उहाँले सहमतिका साथ नै एउटा कार्यादेश निर्माण गर्ने भन्नेमा सहमति बनेको बताउनुभयो ।

मन्त्री गिरीले सहकारीमा भएको बचतको अपचलन सम्बन्धमा प्रभावकारी ढंगले छानबिन गर्ने, कारवाही गर्ने सुनिश्चितता हुने, बचतकर्ताहरुको बचतको सुनिश्चित हुनेगरी कार्यादेश बनाउने सहमति भएको बताउनुभयो । उहाँले छिटोभन्दा छिटो निष्कर्षमा पुगेर छानबिन समितिलाई कामको जिम्मेवारी दिनेगरी अघि बढ्ने निष्कर्ष निकालिएको बताउनुभयो । मन्त्री गिरीले छानबिन अगाडि नै दोषी करार गर्नेकुरा न्यायोचित नहुने बताउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भने उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोप लगाउँदै नाम किटान गरेर कार्यादेश बनाउनुपर्ने अडानमा कायम रहेको छ । उहाँले भन्नुभयो, ‘कार्यदलले कार्यादेश निर्माण गर्ने सवालमा अहिले भएको छलफल उपलब्धिमुलक बनेको छ । ठ्याक्कै हामी निस्कर्षमा पुगिसकेको छैनौँ । विभिन्न कोणबाट छलफल गरेका छौँ । विभिन्न विकल्पहरुमा छलफल भएको छ । हामी सहमतिका साथ नै एउटा कार्यादेश निर्माण गर्ने भन्नेमा सहमति बनेको छ । अर्को बैठकमा टुंगोमा पुग्नेछौँ । ……… छिटोभन्दा छिटो निष्कर्षमा पुगेर छानबिन समितिलाई कामको जिम्मेवारी दिएर अघि बढाउने गरी अघि बढ्नेछौँ । छानबिन अगाडि नै दोषी करार गर्नेकुरा न्यायोचित हुँदैन, त्यसरी हामी अघि बढ्दैनौँ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठक सौहाद्रपूर्ण भएको र सहमति गरेर विषय टुंग्याउने कुरामा छलफल भएको बताउनुभयो । उहाँले सत्ता पक्ष र प्मुख प्रतिपक्षबीच आफ्ना आफ्ना प्रश्ताव राखिएको बताउनुभयो । दुवै पक्षले निकास निकाल्न समझदारी बनाउने सहमति भएको बताउनुभयो । नाम किटान गरेर जाँदा असहज हुने भएकाले त्यसरी नजाने कुरा सत्ता पक्षबाट आवाज आएको बताउनुभयो ।

बैठकपछि बोल्दै नेपाली काँग्रेसका सांसद जीवन परियारले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री संलग्न रहेको कुरा आफूहरुले बैठकमा उठाएको बताउनुभयो । उहाँले सो बारेमा थप छलफल गरी सहमतिबाट अघि बढ्ने कुरामा छलफल भएको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षले उठाएको विषयमा साझा सहमति तयार पार्नेगरी बैठकमा छलफल गरेको बताउनु भयो । काँग्रेसले आफ्नो स्पष्ट माग राखेको भन्दै काँग्रेसले नाम किटान गरेरै कार्यादेश बनाउने अडान कायम राखेको बताउनुभयो । काँग्रेसको मागलाई लिएर सत्तापक्षले मध्यबिन्दुको प्रस्ताव ल्याउने र अर्को बैठकमा सो बारेमा छलफल भएको बताउनुभयो ।

बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सौहाद्रपूर्ण वातावरणमा छलफल भएको र सहमतिबाटै टुंग्याउने दिशामा छलफल भएको बताउनुभयो । उहाँले सहमतिबाट कार्यादेश टुंग्याउने दिशाउन्मुख रहेको बताउनुभयो । रास्वपाको कारणले टिओआर बन्नेकुरा नरोकिने बताउनुभयो । आरोपको आधारमा छानबिन समिति बनाउनु नहुने बताउनुभयो ।

सांसद खनालले आरोपकै आधारमा संसदीय समिति बनाउनु नहुने रास्वपाको धारणा रहेको बताउनुभयो । उहाँले भविष्यमा स्थापित गर्ने नजिर बनाउने गरी समिति बनाउन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय