अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९
| Colorodo: 08:54
नेपाली कांग्रेसले कांग्रेस नेताहरुमाथि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाउनुभएको आरोपको पुष्टि गरेर देखाउन चुनौति दिएको छ । सोमबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो चुनौति दिनुभएको हो ।
प्रमुख सचेतक लेखकले नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरुलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग आरोप समेत लगाउनुभयो । उहाँले नेपाली कांग्रेसलाई र कांग्रेसका नेताहरुलाई लगाएको आरोप प्रमाणित गरेर देखाउन नसके परिणाम राम्रो नहुने चेतावनी दिनुभयो ।
प्रमुख सचेतक लेखकले सरकारको काम प्रश्न सोध्ने नभइ काम गर्ने भएको बताउनुभयो ।