अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 12:25

छानबिन समितिको कार्यादेश नटुंगिएपछि राष्ट्रियसभा भोलिलाई सर्‍यो

बिआरटीनेपाल २०८१ जेठ ६ गते ६:३४ मा प्रकाशित

राष्ट्रियसभा बैठक आज नबस्ने भएको छ । विशेष कारण देखाउँदै दिउँसो सवा ३ बजेलाई बोलाइएको बैठक भोलि दिउँसो सवा १ बजेलाई सारिएको हो । प्रतिनिधिसभा बैठक पनि अन्योल छ । सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगिन नसक्दा आज बैठक नबसेको हो । प्रमुख विपक्षी नेपाली कांग्रेसले रवि लामिछाने संलग्न गोरखा मिडिया ग्रुप र त्यसमा लगानी भएको रकम निकालिएका सहकारीको बारेमा संसदीय छानबिन आवश्यक भएको भन्दै त्यसबाहेक अरुमा सहमति हुन नसक्ने अडान लिएको छ ।

कानून मन्त्रालयमा दिनभर भएको कार्यदलको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशमा यही विषय राख्नेमा कुरा नमिलेको हो । कांग्रेसले गृहमन्त्रीलाई मातहत निकायले अनुसन्धान र बयान गराउन नसक्ने भएकैले संसदीय छानबिन आवश्यक रहेको प्रष्ट पारेको छ । सत्ता पक्ष भने सहकारीको नाम उल्लेख गरेपनि रविको नाम उल्लेख गरेर कार्यादेश नबन्ने अडानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय