अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५९ | Colorodo: 11:14

प्रधानमन्त्री ‘प्रचण्ड’को विश्वासको मत रोक्न उपेन्द्र यादव सर्वोच्चमा

बिआरटीनेपाल २०८१ जेठ ६ गते ६:०६ मा प्रकाशित

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने भनिएको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। यादव विश्वासको मत रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट लिएर जानुभएको हो। यादवको रिट सर्वोच्च आइपुगेको सर्वोच्च अदालत स्रोतले जनाएको छ। सर्वोच्चका अनुसार जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रचण्डले संसद्मा लिने विश्वासको मतले वैद्यता नपाउने भएकाले निवेदकले त्यसलाई रोक्न रिटमा माग गरेका छन्।

यादवले जसपा नेपालबाट अलग भएका सात जना पार्टीविहीन भएको र उनीहरू जसपा नेपाल र जसपा दुबैको सांसद नभएको जिकिरसहित उनीहरूले विश्वासको मत प्रक्रियामा भाग लिन नमिल्ने दाबी गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । त्यसका लागि उहाँले संसद् सचिवालयलाई पत्राचार समेत गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय