अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५० | Colorodo: 11:05

कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिएन भन्नु गलत : शेखर कोईराला

बिआरटीनेपाल २०८१ जेठ ५ गते ५:३१ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले आफ्नो पार्टीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएको भन्नेकुरा गलत भएको दाबी गर्नुभएको छ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिएको आरोप लगाईरहँदा काँग्रेसले बोल्न दिने कुरामा सहमत भएको जिकिर गर्नुभएको हो ।

नेता कोइरालाले बोलेको कुरामा चित्त नबुझे खण्डन गर्ने कांग्रेसको अडान पनि बोल्न नचाहेको नेता कोईरालाको भनाई थियो । उहाँले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा मुछिएपछि गृहमन्त्री भएर बस्न नमिल्ने बताउनुभयो । उपप्रधानमन्त्री भए फरक नपर्ने तर गृह मन्त्रालयमा बस्न भने उहाँले नमिल्ने नेता कोईरालाले बताउनुभयो । उहाँले उपप्रधानमन्त्री लामिछाने आफैले संसदमा उभिएर आफूमाथि लागेको सहकारी गठी छानविनका लागि संसदीय समिति बनाउनुपर्ने धारणा राख्नुपर्ने बताउनुभयो । नेता कोइरालाले काँग्रेसले उपप्रधानमन्त्री लामिछानेको राजीनामा नमागेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय