अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९
| Colorodo: 15:04
डा. गोविन्द केसीले अनसन स्थगित गर्नुभएको छ । उहाँले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गरी अनसन स्थगित भएको जानकारी गराउनुभएको हो ।
डा. केसीले वैशाख २९ गतेदेखि ४ बुँदे माग राखेर पशुपति मृगस्थलीमा अनसन थाल्नुभएको थियो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहितका माग अघि सार्नुभएको थियो ।