अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 15:19

नीति तथा कार्यक्रम कार्यान्वयन हुने गरी बजेट आउँछ : अर्थमन्त्री पुन

बिआरटीनेपाल २०८१ जेठ २ गते ६:४४ मा प्रकाशित

अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा लेखिएका विषय बजेटमा समेटेर कार्यान्वयन गर्ने परिस्थिति बनाउने प्रतिवद्धता जनाउनुभएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासघले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पुनले नीति र कार्यक्रमलाई बजेटबाट समेट्न हरप्रयास लाग्ने पनि उल्लेख गर्नुभयो । उहाँले स्लो डाउनमा रहेको आर्थिक अवस्थालाई सरकारले चलायमान बनाउने र सबैको मनोवल उच्च बनाउने बजेट ल्याउने बताउनुभयो । उहाँले मुलुकमा व्यवसाय र उद्यममैत्री वातावरण बनाउने नीति सरकारको रहेको बताउनुभयो ।

अर्थमन्त्री पुनले व्यवसायीहरुले सम्पतीको रक्षा र सुरक्षाका विषयमा प्रश्न उठेको भन्दै निजी क्षेत्रको मनोवल कमजोर बनाउने नीति नलिने बताउनुभयो । उहाँले अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार ल्याउन सकिने बताउनुभयो । उहाँले निजी क्षेत्र निरुत्साहित हुननहुने बताउनु भयो । उहाँले सरकार नियमभित्र यथार्थको धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउन कोसिस गर्ने बताउनुभयो ।

अर्थमन्त्री पुनले अर्थमन्त्रीले राम्रो कोशिस गरेको भन्ने गराउने गरी बजेट आउने दाबी गर्नुभयो । उहाँले करका नीतिहरु मुलुकको उत्पादनलाई प्रोत्साहन र संरक्षण गरी आउने बताउनुभयो । उहाँले व्यवसायीक वातावरण बनाउने गरी कसैलाई काखा कसैलाई पाखा लगाउने काम गर्ने बताउनुभयो । उहाँले शिथिल रहेका क्षेत्रलाई केही चलायमान बनाउन प्राथमिकता दिने बताउनु भयो । उहाँले सरकार नयाँ करका दर लागू गर्ने भन्दा पनि करको दायरा बढाउने बताउनुभयो ।

अर्थमन्त्री पुनले बाहिर भइरहेको हल्ला जस्तो सरकारले भुक्तानी नै गर्न नसकेको भन्ने विषय सही नभएको बताउनुभयो । उहाँले सरकारले निरन्तर भुक्तानी गरिरहेको भन्दै सिर्जना भइरहेको नयाँ दायित्व निरन्तर भुक्तानी भइरहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय