अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५८ | Colorodo: 17:13

पाकिस्तानले सबै सरकारी कम्पनी निजीकरण गर्ने

बिआरटीनेपाल २०८१ जेठ २ गते ६:२६ मा प्रकाशित

आर्थिक सङ्कट र अन्तर्राष्ट्रिय मौद्रिक कोष (आईएमएफ)को कडा सर्तको सामना गरिरहेको पाकिस्तानले सबै सरकारी कम्पनी निजीकरण गर्ने निर्णय गरेको छ । राजधानी इस्लामावादमा हिजो बसेको निजीकरण आयोगको बैठकमा प्रधानमन्त्री शाहबाज सरिफले  रणनीतिक हिसाबले महत्वपूर्ण केही कम्पनी बाहेक सबै कम्पनी निजीकरण गर्ने घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री सरिफले व्यवसाय गर्ने सरकारको काम नभएको तर देशमा व्यापार र लगानीको राम्रो वातावरण दिन सरकार लाग्नुपर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ । प्रधानमन्त्री सरिफले निजीकरण आयोगलाई प्रक्रिया सरल बनाउन सबै मन्त्रीहरूलाई सहयोग गर्न अपिल गर्नुभएको खबरमा उल्लेख छ ।

पाकिस्तानको वित्त मन्त्रालयको डिसेम्बर २०२३ को रिपोर्टअनुसार पाकिस्तानमा ८८ वटा सरकारी कम्पनी छन् । पाकिस्तानमा कम्पनीहरू बेच्ने कार्यक्रमलाई ‘निजीकरण कार्यक्रम २०२४/२०२९’ नाम दिइएको छ । यसमा पाकिस्तानका पावर कम्पनीहरू अर्थात विद्युत वितरण कम्पनीहरु पनि पर्छन् ।  सबैभन्दा पहिले घाटामा रहेका कम्पनीहरू बेचिनेछन् । त्यसपछि नाफा कमाउने सरकारी कम्पनीलाई निजीकरण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू