अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४५
| Colorodo: 21:00
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट विभाजन भई बनेको जनता समाजवादी पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ । यादवले निर्वाचन आयोगले दलको न्युनतम सर्त र प्रक्रिया समेत पूरा नगरी राजनीतिक आग्रहका आधारमा दल विभाजित गरिदिएको आरोप लगाउँदै उक्त निर्णय बदर गर्न माग गर्नुभएको छ ।
उक्त रिट निवेदनमाथि जेठ २ गते सुनुवाई हुने भएको छ । यादव अमेरिका भ्रमणमा रहेको बेला अशोक राईको नेतृत्वमा सात सांसदसहित दल विभाजन भएको थियो । जनता समाजवादी पार्टी नामको पार्टीलाई निर्वाचन आयोगले तत्कालै मान्यता दिंदै दल दर्ता समेत गरिदिएको थियो । यादवले भने दल विभाजन सम्बन्धि ऐन नै नभएका बेला नियमावली देखाएर दल विभाजन गर्न नपाइने दाबी रिटमा गर्नुभएको छ ।