अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४० | Colorodo: 20:55

योग तथा साधनालाई बजेटमा समेट्दैछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०८१ वैशाख २९ गते ५:५० मा प्रकाशित

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी तयारी भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित योग तथा उर्जा ध्यान शिविरको शुभारम्भ गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । परराष्ट्रमन्त्री श्रेष्ठले सरकारले योग तथा ध्यानलाई आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा समेट्ने गरी तयारी गरिरहेको बताउनुभयो । उहाँले योग, ध्यान र साधनाको अभ्यासको महत्वलाई विश्वले अहिले बुझिरहेको बताउनुभयो । उहाँले योग तथा ध्यान रुढीवादी नभइ वैज्ञानिक विधि रहेको जिकिर गर्नुभयो ।

परराष्ट्रमन्त्री श्रेष्ठले योग तथा ध्यानलाई आत्मसाथ गर्नसके व्यक्तिलाई चिन्न, फेर्न र राम्रो बनाउन सकिने बताउनुभयो । उहाँले नेपाल ध्यान गर्नका निम्ति सर्वाधिक उपयुक्त तपोभूमि रहेको बताउनुभयो । उहाँले भगवान शिव, बुद्ध, व्यास, पतञ्जली, जनक, सीता, पद्यसम्भव, अष्टावक्रले नेपालमै ध्यान गर्नुभएको भन्दै ध्यानको अभ्यास गर्ने सबैभन्दा राम्रो भूमि रहेको बताउनुभयो ।उपप्रधानमन्त्री श्रेष्ठले नेपाली समाज नकारात्मकतातर्फ बढी उन्मुख भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय