अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५४
| Colorodo: 14:09
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्सि आइतवार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई गएको चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।
मुख्यमन्त्रीमा नियुक्त अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको हो । अधिकारीले पर्सि ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना आजै गण्डकी प्रदेशसभाको सचिवालयमा दर्ता गराउनुभएको प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिनुभयो ।