अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 23:31

चीनमा राजमार्ग भासिँदा १९ जनाको मृत्यु, दर्जनौं घाइते

बिआरटीनेपाल २०८१ वैशाख १९ गते ५:३८ मा प्रकाशित

दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदा/भासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ । मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए ।

बेइजिङ  । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदा/भासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ ।मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए ।

उक्त घटनामा १९ व्यक्तिको मृत्यु भएको पुष्टि भएको र ३० जनाले अस्पतालमा आपतकालीन सेवा लिइरहेका छन् ।अधिकारीहरूका अनुसार उपचारका लागि अस्पताल लगिएका मानिसहरू हाल जोखिममुक्त रहेका बताइएको छ ।  स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार र अनलाइनमा प्रसारित भिडियोहरूले गहिरो खाडलबाट आगो र धुवाँ निस्किरहेको देखाएका छन् । राजमार्ग भासिएर परेको उक्त खाडलमा कारहरू खसेको बताइएको छ । अहिले करिब ५०० जना उद्धार कार्यका लागि घटनास्थलमा रहेका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू