अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४
| Colorodo: 01:49
शेयर बजार आज खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर एक हजार नौ सय ६९ दशमलव १७ विन्दुमा पुगेको छ । आज बैंकिङ, फाइनान्स, उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज पोखरा फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सामान्य बजार बढेको दिन माई खोला हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे सात प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज तीन सय १३ वटा कम्पनीको ७२ लाख ८४ हजार कित्ता शेयर दुई अर्ब ५३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको ६३ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भयो ।