अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४३
| Colorodo: 09:58
नेपालका धावक गोपीचन्द्र पार्कीले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । लन्डन म्याराथन आउँदो अप्रिल २१ मा हुँदैछ ।१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पाँच हजार पाँच हजार मिटर दौडमा स्वर्ण जितेका गोपीचन्द्र यस पटक लन्डन म्याराथनमा नेपालको तर्फबाट सहभागी हुने भएका हुन् । त्यसका लागि धावक गोपीचन्द्र शुक्रवार बेलायत प्रस्थान गर्दैछन् ।
आज एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ र नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीलगायतले उनलाई बिदाइ गरे । नवौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपीचन्द्र लन्डन म्याराथनका लागि छनोट भएका हुन् ।