अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३८ | Colorodo: 05:53

कोरोनापछि पर्यटक आगमनमा ‘रेकर्ड’ – एकै महिनामा १ लाख २८ हजार पर्यटक नेपाल भित्रिए

बिआरटीनेपाल २०८० चैत १९ गते ६:३७ मा प्रकाशित

कारोना महामारीपछि पर्यटक आगमनमा सुधार देखिएको छ । कोरोनापछि सन् २०२४ को मार्च महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएको ुरेकर्डु बनेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार मार्चमा १ लाख २८ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । यसअघि सन् २०१८ को नोभेम्बरमा एक लाख ४७ हजार ८५९ पर्यटक नेपाल भित्रिएका थिए । तर, विश्वभरी नै कोरोना महामारीका कारण पर्यटक आगमन ठप्प भएको थियो ।

मार्चमा १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । मार्चमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । यस महिनामा भारतबाट ३० हजार ६९८ पर्यटक नेपाल आएका छन् ।

दोस्रो स्थानमा चीन रहेको छ । चीनबाट १२ हजार ९३ जनाले नेपाल भ्रमण गरेका छन् । तेस्रो स्थानमा रहेका यूएसएबाट १० हजार ७६३, चौथो स्थानमा रहेको यूकेबाट सात हजार २४१ पर्यटक नेपाल आएका छन् । श्रीलंकाबाट ५ हजार ७४१, जर्मनीबाट ४ हजार २५५, थाइल्यान्डबाट ४ हजार ५६७, अस्ट्रेलियाबाट ४ हजार ३४५ फ्रन्सबाट ३ हजार २४० र म्यानमारबाट ३ हजार १३१ पर्यटक नेपाल आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू