अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३१ | Colorodo: 07:46

चीनको औद्योगिक उत्पादन ५ महिनायता पहिलो पटक वृद्धि

बिआरटीनेपाल २०८० चैत १८ गते ७:०३ मा प्रकाशित

चीनको औद्योगिक उत्पादन पाँच महिनायता पहिलो पटक वृद्धि भएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको औद्योगिक उत्पादन वृद्धि गर्ने चिनियाँ प्रयासले सकारात्मक सङ्केत गरेको नीति निर्माताहरूले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।चिनियाँ कलकारखानाको उत्पादनको समीक्षा गर्ने पीएमआई सूचाङ्क मार्चमा ५० दशमलव ८ देखिएको छ । यो सूचाङ्क गएको फेब्रुअरीमा ४९ दशमलव १ विन्दुमा रहेको थियो । पीएआई सूचाङ्क ५० भन्दा बढी हुनु भनेको औद्योगिक उत्पादनमा वृद्धि भएको सङ्केत हो ।

कोभिड महामारीका वर्षहरूमा कडा नियम लागू गरेको चीनमा पछिल्ला वर्षहरूमा घरजग्गा कारोबारमा निरन्तर संकट, उच्च युवा बेरोजगारी र मुद्राप्रदायमा दबाबलगायतका समस्या देखिएका थिए । यस्तै विश्वभर नै कमजोर मागका कारण चिनियाँ सामानको माग पनि घटेको थियो । चीनले मार्च महिनाको शुरुमा सन् २०२४ मा वार्षिक आर्थिक वृद्धिदर पाँच प्रतिशत हासिल गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । अर्थशास्त्रीले यो लक्ष्यलाई महत्त्वाकाङ्क्षी भन्दै आलोचना गरेका भए पनि चीनमा सकरात्मक नतिजा आइरहेको सिन्ह्वाको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू