अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३२ | Colorodo: 11:47

अफगानिस्तानको कान्धारमा आत्मघाती बम विस्फोट, २१ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८० चैत ८ गते ६:४३ मा प्रकाशित

अफगानिस्तानको कान्धार सहरमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । विस्फोटमा तालिबान सरकारले भने तीन जनाको ज्यान गएको बताएको बीबीसीले जनाएको छ । सिटी सेन्टरमा रहेको एक निजी बैंकमा भएको विस्फोटको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । अफगानिस्तान सरकारका कर्मचारी तलब लिन लाइनमा जम्मा भएको बैंकको शाखामा विस्फोट भएको थियो । विस्फोटमा ज्यान गुमाएका र झन्डै ५० जना घाइतेलाई सहरको सबैभन्दा ठूलो मिरवास अस्पतालमा लगिएको समाचारमा उल्लेख छ ।

कान्धार तालिबानको सत्ताको केन्द्र हो जुन तालिबानको सर्वोच्च कमान्डरको आधार क्षेत्र पनि हो । सन् २०२१ मा विदेशी सेनाको पूर्ण फिर्तीसँगै तालिबानले पूर्ण नियन्त्रण प्राप्त गरेपछि अफगानिस्तानको समग्र सुरक्षा सुधारमा आएको भए पनि हरेक वर्ष दर्जनौँ बम विस्फोट र आत्मघाती आक्रमणहरू भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू