अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१३ | Colorodo: 11:28

इन्डोनेशियाको राष्ट्रपतिमा सुबिआन्तो विजयी

बिआरटीनेपाल २०८० चैत ८ गते ६:४० मा प्रकाशित

इन्डोनेशियामा अघिल्लो महिना भएको राष्ट्रपति निर्वाचनमा रक्षामन्त्री प्रबोवो सुबिआन्तो विजयी हुनुभएको छ । सेनामा रहेका बेला मानवअधिकार उल्लंघनको आरोप लागेका ७२ वर्षीय सुबिआन्तोले ५८.५९ प्रतिशत मत पाउनुभउको हो । प्रतिद्वन्द्वी अनिस बसवेडनले २५ प्रतिशत र गन्जर प्रणोवोले १६ प्रतशित मत पाउनुभयो ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै सुबिआन्तोले जनताको हितमा काम गर्न कडा मिहिनेत गर्ने बताउनुभएको छ । ‘जसले हामीलाई भोट दिनुभएन, उहाँहरुले हामीलाई एउटा मौका दिनु भएको छ,’ उहाँले भन्नुभयो, ‘हामी यस्तो राष्ट्रपति र उपराष्ट्रपति भएको साबित गर्छौं, जो इन्डोनेसियाका जनताको भलाइका लागि हरसम्भव कडा मिहिनेत गर्नेछ ।’ यद्यपि उहाँका दुबै प्रतिद्वन्द्वीले चुनावी नजितालाई चुनौती दिने बताएका छन् ।

इन्डोनेसियामा २०.५ करोड मतदाता छन्, यही १४ फेब्रुअरीमा भएको निर्वाचनमा ८० प्रतिशतले मतदान गरेका थिए । तर राष्ट्रपति चुनाव प्रचारका क्रममा उहाँले आफ्नो छवि सुधारका लागि सामाजिक सञ्जालमार्फत निकै मिहिनेत गनुृभयो । सुबिआन्तोले प्रचारमा युवाहरुलाई आकर्षित गर्ने प्रयास गर्नुभयो । उहाँले आगामी अक्टोबरमा वर्तमान राष्ट्रपति जोको विडोडोको स्थान लिनुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू