अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५०
| Colorodo: 08:05
साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ विन्दुमा कायम भएको हो।सेन्सेटिभ इण्डेक्स २.६१ प्रतिशतले घटेर ३६५.४२ विन्दुमा अडिएको छ। दोहोरो अंकले घटेको बजारमा कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। यसदिन ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँमा खरिद बिक्री भएको छ।अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब ४९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
अधिकांश समूहको उपसूचक राताम्मे देखिएका छन्। ट्रेडिङबाहेक अन्य १२ वटा समूहको उपसूचक नकारात्मक देखिएका हुन्। कारोबारमा आएका ४९ कम्पनीको मूल्य बढ्दा १८७ वटाको घट्यो।