अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१३ | Colorodo: 13:28

अमेरिकी स्टिल कम्पनी जापानको निप्पोनलाई बिक्री गर्ने प्रस्तावको पक्षमा छैन : बाइडेन

बिआरटीनेपाल २०८० चैत २ गते ६:५६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले देशको स्टिल कम्पनी जापानको निप्पोन स्टिललाई बिक्री गर्ने प्रस्तावको पक्षमा आफू नरहेको बताउनुभएको छ ।जापानका प्रधानमन्त्री फुमियो किशिदालाई ह्वाइट हाउसमा स्वागत गर्नुभन्दा एक महिना अगाडि राष्ट्रपति बाइडेनले १४ अर्ब १० करोड अमेरिकी डलरको अधिग्रहणसम्बन्धी प्रस्तावमा विमति रहेको बताउनुभएको हो । अमेरिकी स्टिल कम्पनी पेन्सिलभेनिया राज्यको पिट्सबर्गमा छ ।

राष्ट्रपति बाइडेनले अमेरिकी स्टिल कम्पनीहरूलाई जोगाउनुपर्ने र यसमा आवश्यक सहयोग गर्ने बताउनुभएको छ । यो कम्पनीले एक शताब्दीभन्दा लामो समयदेखि काम गर्दै आएको र यो अमेरिकाका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । जापानी सरकारका प्रवक्ता योशिमासा हयाशीले टोकियोलाई बाइडेनको बयानबारे जानकारी भए पनि व्यक्तिगत कम्पनीको व्यवस्थापनको विषयमा टिप्पणी गर्न अस्वीकार गर्नुभएको छ ।

निप्पोन स्टिल र यूएस स्टिलले एक संयुक्त वक्तव्य निकालेर आफूहरूको साझेदारीले जापान र अमेरिकाबीचको सम्बन्धलाई प्रतिबिम्वित गरेको जनाएका समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू