अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 13:48

सन् २०२३ मा सिङ्गापुरमा ८८ हजारभन्दा धेरै रोजगारी सिर्जना

बिआरटीनेपाल २०८० चैत १ गते ६:५९ मा प्रकाशित

सन् २०२३ मा सिङ्गापुरमा ८८ हजारभन्दा धेरै रोजगारी सिर्जना भएको त्यहाँको श्रम मन्त्रालयले जनाएको छ ।मन्त्रालयले आज सार्वजनिक गरेको श्रम बजार प्रतिवेदन अनुसार नयाँ रोजगारीको अवसर पाउनेमध्ये ८३ हजार पाँच सय गैरआवासीय र चार हजार नौ सय जना स्थानीय रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सिङ्गापुरवासीका लागि धेरैजसो नयाँ रोजगारीको अवसर निर्माण, विनिर्माण र वित्तीय सेवाजस्ता उच्च–भुक्तानीका क्षेत्रमा रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार सन् २०२३ को डिसेम्बरसम्ममा सिङ्गापुरमा आप्रवासी घरेलु कामदारबाहेक अन्य ३७ लाखभन्दा बढी कामदार कार्यरत छन् । सन् २०२२ मा छ हजार चार सय ४० जनाको रोजगारी कटौती भएकोमा सन् २०२३ मा यो सङ्ख्यामा वृद्धि भई १४ हजार पाँच सय ९० जना पुगेको छ । गएको वर्ष सिङ्गापुरको दीर्घकालीन बेरोजगारी दर शून्य दशमलव सात प्रतिशतमा स्थिर रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू