अमेरिकाको टेक्सास स्थित सान एन्टोनिओ शहर मा पाकिङ गरिएको एउटा ट्रक भित्र ८ जना मानिस मृत अवस्थामा फेला परेका छन् । मेक्सिकोको सीमादेखि केही घण्टाको दूरीमा पर्ने सान एन्टोनिओ शहरको एउटा वालमार्ट बाहिर पार्क गरिएको सो ट्रक भित्रै रहेका एकजनाले वालमार्टका एक कर्मचारी संग पानि मागेका थिए र पानि दिन जाँदा ति कर्मचारीले ८ जनाको शव देखेपछि घटना बाहिर आएको हो ।
ट्रक कहाँबाट आएको थियो भनी प्रहरीले नखुलाए पनि अन्य २० जनालाई गम्भीर अवस्थामा फेला पारिएको र उनीहरुलाई स्थानीय अस्पताल पुर्याइएको जानकारी प्रहरीले दिएको छ । मानव तस्करीसँग जोडेर छानबिन भइरहेको यो घटनामा गम्भिर अवस्थामा भेटिएका २० जना र मृतहरुको स्वास्थ्य परिक्षणबाट उनिहरुको शरिरमा पानिको मात्रा निकै कम भएको पाईएको छ ।
पीडितमध्ये दुईजना विद्यालय जाने उमेरका भएको बताईएको भएपनि उनिहरुको पहिचान भने खुलाईएको छैन । अमेरिकी अध्यागमन विभागका अनुसार ट्रकमा अरुपनि मानिसहरु रहेको र उनिहरु पक्राउ पर्ने डरले नजिकैको जंगलमा लुक्न गएको हुनसक्ने आशंका गरेको छ ।