अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२९
| Colorodo: 02:44
सरकारले फागुन १३ गतेदेखि देशभर दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालकाई पनि सोही अभियानमा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खोप गाउँ र टोलस्तरमा नै दिइने छ । खोप लगाउने उमेर समूह र स्थानबारे सामुदायिक स्वास्थ्य स्वयंसेविका वा वडा कार्यालयमा सम्पर्क राख्न सकिने छ । अभियान चैत ७ गतेसम्म चल्ने छ ।