अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७
| Colorodo: 23:52
च्याटजीपीटीसँग गरेका कुराकानी अब उसले बिर्सिन वा सम्झिन सक्ने भएको छ । ओपनएआईको आर्टिफिसियल इन्टेलीजेन्स (एआई)मा आधारित च्याटबट च्याटजीपीटीमा नयाँ ‘मेमोरी कन्ट्रोल’ फिचर आउने भएको हो ।
बुधबार कम्पनीले केही निःशुल्क र ‘पेड’ प्रयोगकर्तामाझ यो फिचर परीक्षण गरेको छ । भविष्यमा यो फिचर सबै प्रयोगकर्तालाई उपलब्ध हुने बताइएको छ । यो कन्ट्रोल फिचरले प्रयोगकर्तालाई च्याटजीपीटीलाई केही कुरा सम्झिन वा सधैँका लागि बिर्सिन निर्देशन गर्न दिनेछ ।
च्याटजीपीटी जति धेरै प्रयोग गर्यो यो फिचर प्रयोग गर्न त्यति धेरै राम्रो हुँदै जाने कम्पनीको भनाइ छ । ओपनएआईले एक ब्लगपोस्टमार्फत यस्तो जानकारी दिएको हो ।