अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१ | Colorodo: 15:46

अर्थतन्त्रका सबै सूचक सुधारतर्फ उन्मुख रहेको अर्थमन्त्रीको दाबी

बिआरटीनेपाल २०८० माघ २९ गते ५:४९ मा प्रकाशित

अर्थमन्त्री डा। प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारात्मक स्थितिमा रहेको बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा आयोजित चालू वर्षको बजेटको अर्धवार्षिक समीक्षामा बोल्दै उहाँले अर्थतन्त्रमा सुधारको स्थिति आएको बताउनुभएको हो । अर्थमन्त्री महतले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको बताउनुभयो । यस्तै, रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले समेत देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताउनुभयो । ‘यो सुधारको सङ्केत हो । गत वर्षको तुलनामा हामी धेरै नै माथि पुगेका छौँ,’ अर्थमन्त्री महतले भन्नुभयो, ‘अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद हो ।’

यस्तै, कर्जा प्रवाहमा समेत उल्लेख्य सुधार आइरहेको मन्त्री महतको भनाई छ । ‘कर्जा प्रवाह हुन नसक्दा हामी सबैको चिन्ताको विषय थियो,’ उहाँले भन्नुभयो, ‘अहिले कर्जा प्रवाह २ प्रतिशतभन्दा धेरैले बढेको छ । अब अर्थतन्त्रमा बिस्तारै लय आइरहेको छ ।’ जग्गा र सेयर बजारमा अत्यधिक लगानी हुँदा बजारमा माग बढ्न नसकेको उहाँको विश्लेषण छ । यद्यपि, पछिल्लो समय कर्जा प्रवाह बढ्न थालेको र यसको मुख्य कारण ब्याजदर घट्नु नै रहेको अर्थमन्त्रीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू