अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 01:44

युक्रेनमा रुसलाई हराउन असम्भव : राष्ट्रपति पुटिन

बिआरटीनेपाल २०८० माघ २६ गते ६:१२ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसलाई परास्त गर्न असम्भव छ भनेर पश्चिमा देशले बुझ्नुपर्ने बताउनुभएको छ ।अमेरिकी टेलिभिजन पत्रकार टकर कार्ल्सनलाई दिएको अन्तरवार्तामा पुटिनले अमेरिका, युरोपेली सङ्घ र नेटोले युक्रेनलाई सहयोग गरे पनि रुस पराजित हुने छैन भन्ने कुरा पश्चिमले बुझेको दाबी गर्नुभयो । रुसलाई पश्चिमी विश्वासघातको सिकारको रूपमा चित्रण गर्दै उहाँले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गर्नुभएको छ ।

सन् २०१९ पछि पश्चिमा सञ्चारमाध्यमले प्रसारण गरेको पुटिनको यो पहिलो अन्तरवार्ता हो । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण गर्नुको कारणबारे आफ्ना कैयौँ स्पष्टीकरण दोहोर्‍याउनुभएको छ । उहाँले युक्रेनको इतिहासबारे बुनिएका झुटा मान्यता, सोभियत सङ्घ विघटनबारे आफ्ना गुनासा र नेटो विस्तारका प्रसङ्गबारे चर्चा गर्नुभयो । उहाँले युक्रेन नवनाजीहरूले भरिएको दाबी पनि गर्नुभयो ।

पुटिनले रुसले युक्रेनमा आक्रमण नगरेको दाबी दोहोर्‍याउँदै रुसले आफ्नो राष्ट्रिय सुरक्षामा जोखिम देखिएकाले प्रतिक्रिया व्यक्त गरेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू