ल्याटिन अमेरिकी मुलुक चिलीमा लागेको डढेलो नियन्त्रणमा नआएपछि चिलीका राष्ट्रपति गे्रबियल बोरिकले चिलीका जनतालाई आफनो ज्यानको रक्षा आफै गर्न अपील गर्नुभएको छ ।जंगल वरिपरिका बासिन्दालाई जोखिम बढेको भन्दै घर खाली गर्न जारी गरेको आग्रहलाई अस्वीकार गरेका कारण जंगल वरिपरिका हजाारौ जनता जोखिममा परेको भन्दै आफ्नो ज्यानको सुरक्षा आफै गर्न अपील गर्नुभएको हो ।
केही दिनदेखि चिलीको जंगलमा लागेको डढेलोका कारण हालसम्म १ सय २० जनाको मृत्यु भइसकेको छ । डढेलोमा सयौं बेपत्ता छन् ।चिलीको भलपराइसो प्रान्तमा विगत केही दिनदेखि फैलिएको डढेलो नियन्त्रणका लागि प्रयास जारी र्रािखएको छ भने राष्ट्रपति बोरिकले देशभर आपतकालीन अवस्था घोषणा गर्दै उद्धार र राहत कार्यमा सबै आवश्यक स्रोतहरू उपलब्ध गराएको जानकारी दिनुभयो ।
डढेलो नियन्त्रणमा हेलिकप्टरका साथै अन्य उपकरणहरु प्रयोगमा ल्याइएको छ भने उद्धारका लागि सयौको संख्यामा उद्धार टोली परिचालन गरिएको छ ।