अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२६ | Colorodo: 03:41

भारतले बढायो नेपाललाई दिने अनुदान, सवा ५ अर्ब वृद्धि

बिआरटीनेपाल २०८० माघ १८ गते ६:२६ मा प्रकाशित

भारतले नेपाललाई दिने अनुदान बढाएको छ । भारतले नेपालका लागि वार्षिक सवा ५ अर्ब रुपैयाँ अनुदान बढाएको हो । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले बिहीवार भारतको बजेट सार्वजनिक गर्दै यसको जानकारी दिनुभयो ।

यसअघि भारतले नेपालका लागि २०२३–२४ मा ८ अर्ब ८० करोड रुपैयाँ (५ अर्ब ५० करोड भारू) विनियोजन गरेको थियो । भारतले आगामी २०२४–२५ का लागि भने १४ अर्ब  ८ करोड रुपैयाँ (८ अर्ब ८ करोड भारू) विनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू