अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 03:38

इजरायली आक्रमणबाट गाजाका आधा संरचना ध्वस्त भएको तथ्यांक सार्वजनिक

बिआरटीनेपाल २०८० माघ १८ गते ५:२६ मा प्रकाशित

इजरायलले गत अक्टोबर ७ देखि हमासविरुद्ध गाजापट्टीमा गरेको हमलामा आधाभन्दा बढी भवनहरु ध्वस्त भएको तथ्यांक सार्वजनिक भएको छ । बीबीसीले गरेको नयाँ विश्लेषण अनुसार गाजाभरिका आवासीय क्षेत्रहरु ध्वस्त हुनुका साथै बजार र सडकहरु भग्नावशेषमा परिणत भएका छन् । गाजापट्टीमा १ लाख ७५ हजार भवनहरु ध्वस्त भइसकेका छन् ।

डिसेम्बरको शुरुदेखि दक्षिणी र मध्य गाजामा इजरायलले जारी राखेको बमबारीका कारण गाजाका अधिकांश विश्वविद्यालयहरु भग्नावशेषमा परिणत हुनुका साथै आधाभन्दा बढी संरचनाहरु क्षतिग्रस्त भएको तथ्यांकमा उल्लेख छ ।जसका कारण लाखौं मानिस घरबारविहीन भएपछि पालमुनि जीवन गजार्न बाध्य छन् । गाजाका १७ लाख जनसंख्या रहेको गाजाका ८० प्रतिशत सर्वसाधारण बिस्थापित भइसकेका छन् ।

बीबीसीले प्राप्त गरेको स्याटेलाइट डाटा अनुसार विनाशको वास्तविकता छर्लङ भएको छ । हालैका सातामा गाजापट्टीको खान युनिस शहर नराम्ररी प्रभावित भएको छ । सो शहरमा मात्रै ३८ हजार भवन ध्वस्त भएका छन् । इजरायलले हमलाका लडाकुसंगै त्यहाँका पुर्वाधारहरुलाई पनि निशाना बनाएको पनि तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू