अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 05:28

युद्धविराम र बन्धक रिहाइका लागि हमासको शर्त

बिआरटीनेपाल २०८० माघ १६ गते ४:५३ मा प्रकाशित

गत अक्टोबर ७ देखि इजरायलसँग युद्धको सामना गरिरहेको हमासले गाजापट्टीबाट सम्पुर्ण इजरायली सेना फिर्ता नभएसम्म युद्धविराम हुन नसक्ने स्पष्ट पारेको छ । कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले गाजामा स्थायी युद्धविरामका लागि हमाससँग गरेको आग्रहका बीच हमासले इजरायली सेना फिर्ता नभएसम्म युद्धविराम नगर्ने र साथै आफनो कब्जामा रहेका बन्धक रिहा नगर्ने शर्त अघि सारेको छ ।

यसअघि अमेरिकाको भ्रमणमा रहनुभएका थानीले वाशिङटनमा आयोजना गरिएको एटलान्टिक काउन्सिललाई सम्बोधन गर्दै इजरायल र हमासबीच स्थायी युद्धविराम हुने र हमासको कब्जामा रहेका सबै बन्धक मुक्त हुने दाबी गर्नुभएको थियो ।हमासको कब्जामा रहेका सय भन्दा बढी बन्धकहरुको रिहाइका लागि दुबै समुहसँग जारी वार्ता सकारात्मक रहेको भन्दै प्रधानमन्त्री थानीले रिहाइका लागि केही योजना तयार पारेको स्पष्ट पार्नुभएको थियो । सोही योजनाबारे हमासलाई जानकारी गराउँदा हमासको यो भनाइ सार्वजनिक भएको हो ।

हमासको पपुलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइनले संयुक्त रुपमा वक्तव्य जारी गर्दै उक्त शर्त अघि सारेको हो । यसअघि फ्रान्समा अमेरिका, इजिप्ट र कतारले मिलेर इजरायली प्रतिनिधिहरुसँग वार्ता गरेको थियो । यसैबीच, इजरायलले गरेको आक्रमणमा विगत २४ घण्टामा २१५ जना प्यालेष्टेनीको मृत्यु भएको छ । इजरायलले गरेको स्थलगत र हवाई हमलामा २१५ जनाको ज्यान गएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू