अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 05:41

नीतिश कुमार नवाैं पटक बिहारको मुख्यमन्त्री नियुक्त

बिआरटीनेपाल २०८० माघ १४ गते ६:१३ मा प्रकाशित

भारत बिहारको मुख्यमन्त्रीमा नीतिश कुमार नियुक्त हुनुभएको छ । यसअघि राष्ट्रिय जनता दलको समर्थनमा मुख्यमन्त्री रहेका उहाँ भारतीय जनना पार्टी बीजेपीको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । उहाँले शपथ पनि लिनुभएको छ । शपथ ग्रहण समारोहमा बीजेपी अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टी (रामविलास) नेता चिराग पासवान सहित धेरै नेताहरू उपस्थित थिए ।

आज आइतबार राजीनामा दिएपछि उहाँ६ घन्टा पनि नबित्दै पुनस् मुख्यमन्त्री नियुक्त हुनुभएको हो । नीतिश कुमनर बिहारको मुख्यमन्त्री बनेको यो नवौं पटक हो ।
नीतिश कुमारले सन् २०२२ को अगष्टमा भाजपाबाट गठबन्धन तोडेर राष्ट्रिय जनता दलसँग मिल्नुभएको थियो। तर त्यो गठबन्धन तोड्दै नितिश कुमारको जनता दल युनाइटेड फेरि बीजेपीसँग मिलेको हो ।

फेरि बीजेपी गठबन्धनमा नै गएका नीतिश कुमारको यो युटर्न थियो । राजनीतिमा करिब पाँच दशक विताइसकेका नीतिश कुमारले आफ्नो सहुलियतका लागि दल र गठबन्धन फेर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू