अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 17:27

नियम उल्लङ्घन गर्ने ६ वटा बैंक तथा वित्तीय संस्था राष्ट्र बैंककाे कारबाहीमा

बिआरटीनेपाल २०८० माघ १३ गते ६:१५ मा प्रकाशित

नियम उल्लङ्घन गरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ ।राष्ट्र बैंकको सुपरिभिजन विभागले वाणिज्य बैंकतर्फ प्रभु, ग्लोबल आइएमई र हिमालयन बैंक, विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक तथा फाइनान्सतर्फ रिलाइन्स फाइनाइन्सलाई कारबाही गरेको हो ।राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई नियमविपरीत प्रिमियम दर बढाएर ग्राहकहरुबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता नगरेको भन्दै सीईओलाई सचेत गराएको छ ।

यस्तै, प्रभु बैंकले कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, प्रिमियम दर वृद्धि गरी ब्याज असुलउपर गरेकोलगायतका विषयमा सचेत बनाइएको राष्ट्र बैंकले जनाएको छ ।यस्तै, हिमालयन बैंकले पुँजी पर्याप्तता अनुपात गणना गर्दा राष्ट्र बैंकको निर्देशन पालना नगरि प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाइ तथा जोखिमभारित सम्पत्ति न्यून कायम गरी पुँजी पर्याप्तता अनुपात वास्तविकभन्दा अधिक रिपोर्टिङ गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ  ।

यस्तै, मुक्तिनाथ विकास बैंकले वास्तविक धनी पहिचान गर्ने संयन्त्रको स्थापना नगरेको र निरन्तर अनुगमन गर्नुपर्ने निर्देशन उल्लङ्घन गरकाले १० लाख रुपैयाँ नगद जरिबाना गराएको राष्ट्र बैंकले जनाएको छ । यस्तै,  गरिमा बैंकलाई सुशासनको विषयमा सचेत गराइएको तथा रिलायन्स फाइनान्सका सञ्चालक कुशप्रसाद मल्ली तथा अन्य व्यक्तिहरुको संयुक्त खाता र व्यक्तिगत खातामा व्यावसायिक कारोबारहरु भएको लगायतका कमजोरी पाइएकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू