अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३२ | Colorodo: 10:47

इजरायल र हमासबीच मानवीय सहायता उपलब्ध गराउने विषयमा सम्झौता

बिआरटीनेपाल २०८० माघ ३ गते ५:४८ मा प्रकाशित

इजरायल र हमासबीच युद्धग्रस्त गाजामा मानवीय सहायता उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार हमासले बन्धक बनाएकाहरुलाई औषधी उपलब्ध गराइने भएको छ । त्यसको बदलामा इजरायलले गाजामा थप आधारभुत आपुर्ति सहज गर्ने भएको छ ।अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्र्बी कतार भ्रमणमा रहेकै बेला उहाँ र कतार सरकारको मध्यस्थतामा यो सम्झौता भएको हो । सम्झौता अनुसार आज मानीय सामग्री कतारको दोहाबाट इजिप्टका लागि प्रस्थान गर्नेछ भने भोली बिहान सम्ममा गाजा पुग्ने अनुमान गरिएको छ ।

इजरायली बमबारीका बीच इजरायलले गाजामा खाद्यान्न र पानीको आपुर्तिमा रोक लगाएपछि हमासको कब्जामा रहेका सय भन्दा बढी बन्धकहरुलाई हमासले औषधी खानबाट पनि बन्चित गरेका थिए । गत साता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको गुप्तचार एजेन्सी मोसादका प्रमुख डेभिड बर्नियासँग भेट गरी गाजामा औषधी उपलब्ध गराउन कतारको समन्वयकारी भुमिकाका लागि अपील गर्न आग्रह गर्नुभएको थियो ।

यो सम्झौतालगत्तै प्रधानमन्त्री नेतान्याहुले सम्झौताका लागि समन्वयकारी भुमिकाका लागि कतार र अमेरिकालाई आभार व्यक्त गर्नुभएको छ । हमासको कब्जामा अझै पनि १ सय ३२ जना बन्धक रहेको इजरायलको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू