अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२१ | Colorodo: 11:36

भारत–माल्दिभ्स सम्बन्ध बिग्रँदै, माल्दिभ्सले भारतीय सेना फर्काउने

बिआरटीनेपाल २०८० माघ २ गते ७:२६ मा प्रकाशित

टापु मुलुक मालदिभ्स र भारतबीचको द्विपक्षीय सम्बन्ध बिग्रिदै गएको छ । माल्दिभ्समा रहेका भारतीय सेनालाई दिल्ली फर्काउन मालेले मार्च १५ सम्मको समय दिएको छ ।माल्दिभ्सको राजधानी मालेमा भएको दुई पक्षबीचको उच्चस्तरीय कोर समूहको पहिलो बैठकमा माल्दिभ्सले सेना फिर्ताको माग गरेको हो ।

भारतीय सैनिकहरू माल्दिभ्समा बस्न नसक्ने माल्दिभ्सको नयाँ प्रशासनको नीति रहेको राष्ट्रपति मोहम्मद मुइज्जुको कार्यालयका सार्वजनिक नीति सचिव अब्दुल्ला नाजिम इब्राहिमले बताए । माल्दिभ्समा करिब ८० जना भारतीय सेना छन् । उनीहरुलाई भारत फर्काउने मुख्य घोषणासँगै गत नोभेम्बरमा भएको चुनावमा मोहम्म्द मुइज्जु निर्वाचित हुनुभएको थियो ।

उहाँको अभियान ‘भारत आउट’ नीतिमा केन्द्रित थियो, जसमा भारतीय सेनालाई घर पठाउने र दिल्लीको प्रभाव कम गर्ने वाचा थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू