अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 15:20

अनेसासले सुरु गर्‍यो जन्मदिन मनाउने परम्परा

बिआरटीनेपाल २०८० पुष २७ गते १४:४२ मा प्रकाशित

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले स्थापना भएको ३३ वर्षपछि ‘अनेसास दिवस’ मनाउन सुरु गरेको छ । सन् १९९१ जनावरी ११ तारिकका दिन अनेसासको विधान मस्यौदा तयार भएको आधारमा यो दिनलाई अनेसासको जन्मदिनका रूपमा मनाउने निर्णयअनुसार यस पटक ‘ आरम्भ वर्ष”का रूपमा मनाइएको हो ।

कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीसहित २२ जना संस्थापकहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा होमनाथ सुवेदी, शिवप्रसाद सत्याल पीठ, अच्युत श्रेष्ठ, राजु श्रेष्ठ, ऋषिनाथ सुवेदी, पुरु सुवेदी, भीम रेग्मी, डा. विष्णु पौडेल, डा. अमर गिरी, डा. हरिहर प्रसाद भट्टराई, राम मालाकार, डीबी तामाङ, लव गाउँले, भाष्कर गिरी, पुरु घिमिरे, प्रकाश सुवेदी, नन्दा सुवेदी, वासु सत्याल, धनमान थापा, कल्पना सुवेदी, कल्पना सत्याल, माधवलाल शर्मालाई सम्मान पत्र अर्पण गरिएको थियो ।

कार्यक्रममा अनेसास बोर्डअफ ट्रस्टी सभापति पदम विश्वकर्मा,पूर्व अध्यक्ष पुरु सुवेदी, भीम रेग्मी, किरण ढुंगाना, वसन्त श्रेष्ठ, मोहन सिटौला, सरला श्रेष्ठ, ज्ञानेन्द्र गदाल, राधेश्याम लेकाली, प्रकाश पौडेल माइला, सल्लाहकारहरू रोहिणी शर्मा, तीर्थराज अधिकारी, केन्द्रीय सल्लाहकारहरू प्राडा. सावित्री मल्ल कक्षपती, गोविन्द गिरी प्रेरणा, भारती गौतमलगायतको समुपस्थिति तथा शुभकामना मन्तव्य राखिएको थियो ।

अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्षद्वय डा. रेणुका सोलु, राजेन्द्र श्रेष्ठ, सचिव दीप पाठक, कोषाध्यक्ष निजानन्द मल्ल, सदस्यहरू प्रमोद सारंग, सरिता अर्याल, रविन शर्मा, तारा अधिकारी, शकुन ज्ञवाली, अनेसास दर्पणका सम्पादक रमेश दाहाल, अन्तर्दृष्टिका प्रधान सम्पादक लालगोपाल सुवेदी, बीओटी कोषाध्यक्ष नेत्रबन्धू पोखरेल, अनेसासका विभिन्न च्याप्टरबाट राजेन्द्र केसी, पूर्ण बस्नेत, गोमा रेग्मी,गणेश खड्का, राजु सिटौला, महेश्वर पन्त, अबि गजुरेल,विष्णु पगेनी, मिरा कोइराला, ईश्वरी भट्ट, जगन्नाथ पौडेल, नीलकण्ठ सुवेदी, कवीन्द्र सिटौला,माया गुरुङ, सौरभ कारञ्जित, भीम कट्टेल, डा. शान्तिमाया गिरी, सुरेन उप्रेती, ललिता जोशी, प्रेमप्रसाद पौडेल, रितादेवी प्रधान, तारा उप्रेती,डा. मुकुन्द पथिक, राम लामा अविनाशी, भरत जंगम, ऋषभदेव घिमिरे, प्रेमप्रसाद भट्टराई, मोहराज शर्मा, ईश्वरी गौतम, परशुराम भण्डारी, प्रतिमा केसीलगायतले सहभागिता जनाउँदै शुभकामना र सिर्जना वाचन गरेका थिए।

यसै गरी अनेसासका अफ्रिका च्याप्टर, नेपाल च्याप्टर, जर्जिया च्याप्टरलगायतले पनि अनेसास केन्द्रको निर्देशनमा अनेसास दिवस मनाएका छन् । आगामी वर्षदेखि सप्ताहव्यापी रूपले यो दिवस मनाउने तयारी गरिएको अनेसासका अध्यक्ष गोवर्द्धन पूजाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू