अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६ | Colorodo: 16:01

जोर्डनका राजाद्वारा गाजा र वेस्ट बैंकलाई अलग गर्ने प्रस्ताव अस्वीकार

बिआरटीनेपाल २०८० पुष २३ गते ६:२१ मा प्रकाशित

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजापट्टी र वेस्ट बैंकलाई अलग गर्ने प्रयासलाई आफ्नो देशले अस्वीकार गरेको बताउनुभएको छ । उहाँले गाजामा जारी इजरायली आक्रमणको विनाशकारी असरहरूको चेतावनी समेत दिनुभएको छ । राजा अब्दुल्लाहले अम्मानमा अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनसँगको भेटमा गाजामा दुःखद् मानवीय संकट अन्त्य गर्नुपर्ने आवश्यकतामा समेत जोड दिनुभयो ।

राजा अब्दुल्लाले गाजामा तत्काल युद्धविराम गर्न आग्रह गर्नुभयो । उहाँले गाजावासीहरूलाई आफ्नो घर फर्कन सक्षम बनाउन पनि आग्रह गर्नुभयो । भेटमा राजाले प्यालेस्टाइन समस्याको न्यायोचित समाधान र दुई राज्यको आधारमा न्यायपूर्ण र व्यापक शान्ति नभई यस क्षेत्रमा स्थायित्व नहुने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू