अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 16:35

बङ्लादेशमा आज मतदान : विपक्षीको बहिष्कारका कारण शेख हसिनाले जित्ने पक्का

बिआरटीनेपाल २०८० पुष २२ गते ६:०१ मा प्रकाशित

बङ्लादेशमा आज मतदान सम्पन्न भएको छ । बिहान ८ बजेदेखि शुरु हुने मतदान दिउँसो ४ बजेसम्म संचालन भएको थियो । आमचुनावमा २७ पार्टी र ४ सय ३६ स्वतन्त्र गरी एक हजार ५ सयभन्दा धेरै उम्मेदवार तीन सय संसदीय सिटका लागि प्रतिस्पर्धामा छन् । ४२ हजारभन्दा धेरै मतदान केन्द्रको व्यवस्थापन गरिएको छ ।

सेना, प्रहरी, नौसेना र वायुसेनाका अधिकारी सुरक्षाका लागि खटिएका छन् । प्रतिस्पर्धी २७ दलमध्ये जतिया पार्टी (जेएपीए) ले मात्र विपक्षी दलको प्रतिनिधित्व गरेको छ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् । प्रमुख प्रतिपक्षी दल बङ्लादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले चुनाव बहिष्कार गरेको छ । उसको बहिष्कारका कारण प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने पक्का जस्तै छ ।

बीएनपीले भोलि बिहानसम्म हड्ताल आह्वान गरेको छ । गएको अक्टोबर अन्तिममा प्रमुख विपक्षी पार्टीले ढाकामा प्रधानमन्त्री हसिनासँग आमचुनावका लागि स्वतन्त्र र निष्पक्ष मतदाता सुनिश्चित गर्न तटस्थ अन्तरिम सरकार बनाउन माग गरेको थियो । तर माग पूरा नभएको र आफ्ना वरिष्ठ नेताहरुका साथै हजारौँ मानिस पक्राउ परेपछि चुनाव बहिष्कार गरेको विपक्षी दल बीएनपीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू