अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१२ | Colorodo: 16:27

यो वर्ष विश्व आर्थिक वृद्धि सुस्त रहने : राष्ट्र सङ्घको प्रतिवेदन

बिआरटीनेपाल २०८० पुष २० गते ५:५७ मा प्रकाशित

सन्  २०२४ मा आर्थिक वृद्धि घटेर २ दशमलव ४ प्रतिशत कायम रहने संयुक्त राष्ट्र सङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले देखाएको छ ।सन् २०२३ मा विश्व आर्थिक वृद्धि २ दशमलव ७ प्रतिशत रहेका थियो । विश्वव्यापी कमजोर व्यापारिक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, लगातार घट्दो लगानी दर तथा बढ्दो भूराजनीतिक तनावले विश्वव्यापी वृद्धिलाई जोखिममा पारेको प्रतिवेदनले जनाएको छ ।

अमेरिकामा उच्च ब्याज दर, न्यून उपभोक्ता खर्च तथा कमजोर श्रम बजारहरूका कारण सन् २०२४ मा आर्थिक वृद्धि सुस्त हुने अनुमान गरिएको छ । पूर्वी एसिया, पश्चिमी एसिया, ल्याटिन अमेरिका तथा क्यारेबियाली देशहरूमा अल्पकालीन वृद्धि सम्भावनाहरू सङ्कुचित र चुनौतीपूर्ण वित्तीय अवस्था र सुस्त बाह्य मागका कारण कमजोर हुँदै गएका छन् ।

न्यून आय तथा कमजोर अर्थतन्त्रहरूले भुक्तानी सन्तुलनको दबाब र ऋणले जोखिमको सामना गरिरहेका छन् । साना, टापु तथा  विकासशील राज्यहरूको आर्थिक सम्भावनामा ऋणको बोझ, उच्च ब्याजदर तथा बढ्दो जलवायु जोखिमले बाधा पर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू