अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

कास्कीकाे मर्दी ट्रेकिङ गएका स्वीडेनका नागरिक सम्पर्कविहीन

बिआरटीनेपाल २०८० पुष १५ गते ३:४६ मा प्रकाशित

कास्कीकाे माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी ट्रेकमा गएका स्वीडेनका नागरिक सम्पर्कविहीन भएका छन् । मर्दी हाइ क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल नाम गरेका स्वीडेनी युवक सम्पर्कविहीन भएका माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले जानकारी दिनुभयाे ।

शनिवार हिजाे बिहान झोला होटलमा नै छाडेर पानीको बोतल र टर्चलाइट लिएर होटलबाट हिँडेका उनी सम्पर्कविहीन भएका हुन् । दिउँसोसम्म नफर्किएपछि उनको खोजी शुरु गरिएकाे अधिकारीले बताउनु भयाे।

उनकाे खोजीका लागि गाउँपालिकाबाट मान्छे खटाइएको र वडा प्रहरी कार्यालय बगरको प्रहरी टोली बिहानै मर्दी बेसक्याम्पतर्फ गएकाे उहाँले बताउनु भयाे । स्वीडेनी नागरिक सम्पर्कविहीन भएकाे खबर सम्बन्धित दूतावासलाई जानकारी गराइएकाे उहाँले बताउनु भयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय