अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 22:29

राष्ट्रपति निर्वाचनका लागि ट्रम्प अयोग्य ठहर

बिआरटीनेपाल २०८० पुष ४ गते ५:३९ मा प्रकाशित

अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी राष्ट्रपतिको निर्वाचनमा भाग लिन नपाउने ठहर गरेको छ । अमेरिकी संविधानविरुद्ध विद्रोह गरेको अभियोगमा ट्रम्पलाई राष्ट्रपतिको निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको हो ।

सर्वोच्च अदालतले ट्रम्पलाई राष्ट्रपति पद धारण गर्न अयोग्य रहेको भन्दै मतपक्रमा उम्मेदवारको रुपमा सूचीवद्ध गरे चुनाव संहिताअन्तर्गतको गलत कार्य हुने उल्लेख गरेको छ । ट्रम्प भने अदालतको फैसलाविरुद्ध अपील गर्ने तयारीमा जुट्नु भएको छ । ट्रम्पमाथि सन् २०२१ मा अमेरिकी क्यापिटल दंगाको विद्रोहमा प्रत्यक्ष संलग्न रहेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू