अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१० | Colorodo: 16:25

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

बिआरटीनेपाल २०८० पुष ४ गते ५:३१ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्ले नियुक्ति सिफारिस गरेका ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्ले नियुक्तिका लागि सिफारिस गरेका ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनेमा उच्च अदालतमा कार्यरत न्यायाधीश सारंगा सुवेदी, उच्च अदालत हेटौंडामा कार्यरत न्यायाधीश अब्दुर अजिज मुसलमान र उच्च अदालत पाटनमा कार्यरत महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना र वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहनुभएको छ ।

बुधबारनै संसदीय सुनुवाइ समितिले ६ जना न्‍यायाधीशको नाम सर्वोच्चमा अनुमोदन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय