अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१३ | Colorodo: 12:28

पाैडेललाई वीर अस्पतालकाे निर्देशक पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

बिआरटीनेपाल २०८० पुष ३ गते ६:०९ मा प्रकाशित

सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज  डा. पौडेललाई निर्देशक पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

स्वास्थ्य मन्त्रालयले गएकाे मङ्सिर १४ गते डा. पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने निर्णय गरेको थियो । याे निर्णयविरुद्ध डा. पौडेलले सर्वोच्च अदालतमा रिट निवदेन दायर गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय