अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 22:45

अमेरिकामा राष्ट्रपतीय चुनावी सर्वेक्षण : बाइडेनभन्दा ट्रम्प अघि

बिआरटीनेपाल २०८० पुष १ गते ५:५८ मा प्रकाशित

अमेरिकामा आउँदो वर्ष हुने राष्ट्रपतीय चुनावको लागि विभिन्न सर्वेक्षण शुरु भएका छन् । आउँदो वर्षको नोभेम्वरमा हुने चुनावमा अहिलेका राष्ट्रपति जो बाइडेनले उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उम्मेदवारीको घोषणा गरिसक्नुभएको छैन । तर, रिपब्लिकन पार्टीबाट उहाँ नै निर्विकल्प जस्तै हुनुहुन्छ ।  झण्डै ११ महिनापछि हुने चुनावको लागि गरिएका विभिन्न सर्वेक्षणले बाइडेन भन्दा ट्रम्प अघि रहेको देखाएका छन् ।

अमेरिकी सञ्चारमाध्यम सीएननको पछिल्लो मतदाता सर्वेक्षणमा ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी बाइडेनलाई पछि पारेको देखिएको छ । हरेक चुनावमा आफ्नो प्राथमिकता परिवर्तन गर्ने लाखौँ मतदाताले ट्रम्पलाई समर्थन गरेका खबरमा उल्लेख छ । मतदाताले हरेक चुनावमा उम्मेदवार परिवर्तन गर्ने राज्यहरु जर्जिया, मिसिगन, नेभाडा एरिजोना, विस्कन्सिन, र पेन्सिलभेनिया जस्ता राज्यमा ट्रम्प राष्ट्रपति बाइडेनभन्दा अगाडि हुनुहुन्छ । सन् २०२० को चुनावमा जो बाइडेनले यी ६ वटा राज्यमा जित हासिल गर्नुभएको थियो ।

अमेरिकाको राष्ट्रपति बन्नका लागि डोनाल्ड ट्रम्पले यी मध्ये कुनै एक राज्यमा जित्नुपर्ने अनुमान गरिएको छ । यसै हप्ता भएको ब्लूमबर्ग/मोर्निंग कन्सल्ट मतदाता सर्वेक्षणले पनि बाइडेन पछि परेको देखाएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू