अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 22:24

इजरायलले गाजामा गरेको आक्रमणमा अल जजिरा टेलिभिजनका एक क्यामराम्यानकाे ज्यान गयो

बिआरटीनेपाल २०८० मंसिर ३० गते ३:०६ मा प्रकाशित

इजरायलले गाजामा गरेको आक्रमणमा अल जजिरा टेलिभिजनका एक क्यामराम्यानकाे ज्यान गएको छ ।गाजा सहरको एक स्कुलमा इजरायली हमलाबारे रिपोर्टिङ गरिरहेका बेला इजरायली सेनाको आक्रमणबाट अल जजिराका क्यामराम्यान समर अबू दक्काको ज्यान गएको हो ।हिजो भएको आक्रमणमा अल जजिराकै गाजा संवाददाता घाइते भएका छन् । रिपोर्टिङकै क्रममा ड्रोनबाट आक्रमणको घटना भएको अल जजिराको खबरमा उल्लेख छ । इजरायली सेनाले घटनाबारे प्रतिक्रिया दिएको छैन । घाइते पत्रकार वायल अल दहदौकी श्रीमती, छोरा र छोरीकासाथै नातिको गएको अक्टोबरमा भएको आक्रमणमा ज्यान गएको थियो ।

मिडिया वकालत समूह रिपोटर्स विदाउट बोडर्स (आरएसएफ) अस्ति बिहीवार मात्रै अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध शुरु भएपछि मध्यपूर्वमा ६३ पत्रकार मारिएको र यसमा १७ जना मात्रै आरएसएफको परिभाषामा परेका जनाएको थियो । आरएसएफका अनुसार अक्टोबर ७ पछि मध्यपूर्वमा आफ्नो पेसा निर्वाह गर्ने क्रममा मारिएका १७ पत्रकारमध्ये १३ गाजामा इजरायलको आक्रमणमा, तीन लेबनानमा र एक जना हमासद्वारा इजरायलमा मारिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू