अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६ | Colorodo: 22:41

फिलिपिन्सले १ सय ८० जना चिनियाँलाई देश निकाला गर्‍याे

बिआरटीनेपाल २०८० मंसिर २८ गते ५:१८ मा प्रकाशित

फिलिपिन्सले राजधानी मनिलामा पक्राउ परेका एक सय ८० जना चिनियाँलाई देश निकाला गरेको छ । उनीहरू मनिलामा अवैध धन्दा र अनलाइन घोटालाको आशङ्कामा पक्राउ परेका थिए ।गएको अक्टोबरमा छापा मारेर चिनियाँसहित कोरियाली, भियतनामी र फिलिपिनो गरी छ सय जना पक्राउ परेका थिए । यौन व्यवसायमा संलग्न केही महिलाको उद्धारसमेत गरिएको थियो ।

छापा मारेर पक्राउ परेका थप विदेशीलाई आउँदो हप्ता देश निकाला गर्ने त्यहाँको प्रहरीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपतिको सङ्गठित अपराध विरोधी आयोगका उपसचिव गिल्बर्टो क्रुजले पक्राउ परेका चिनियाँसँग कुनै पनि काम गर्ने अनुमति नरहेको पाइएको बताउनुभयो । एसिया–प्रशान्त क्षेत्रमा इन्टरनेट घोटालाबारे अन्तर्राष्ट्रिय चिन्ता बढ्दो छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू