अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०९ | Colorodo: 00:24

थप सैन्य सहयोगका लागि अमेरिकासँग जेलेन्स्कीको हारगुहार

बिआरटीनेपाल २०८० मंसिर २६ गते ६:२२ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकासँग थप सैन्य सहयोगका लागि आग्रह गरेका छन् । अमेरिकाभित्र राजनीतिक विवादका कारण दशौं लाख डलरको सहायता प्याकेज अमेरिकी संसदमा अल्झिरहेका बेला जेलेन्स्कीले अमेरिका समक्ष थप सहयोगका लागि विशेष आग्रह गर्नुभएको हो ।

अमेरिका भ्रमणका क्रममा अमेरिकी सैन्य अधिकारीहरुलाई सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन आफ्नो स्वतन्त्रता रक्षाका लागि मात्रै नभइ विश्वको प्रजातन्त्र बचाउन युद्ध लडिरहेको जिकीर गर्नुभयो । क्यापिटोल हिल (अमेरिकी संसद) मा सहायता प्याकेज सम्बन्धि विधेयक अल्झिने हो भने त्यसले भ्लादिमिर पुटिन र उनको रोगी समूहलाई मात्रै फाइदा गर्ने उहाँको भनाइ थियो ।

रुसले युक्रेनमा आक्रमण गरेपछि तेस्रो पटक वासिङ्टन पुग्नु भएका जेलेन्स्कीले आज राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बाइडेनसँग पनि उहाँले यसैगरी आग्रह गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू