अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 00:41

जलवायु परिवर्तनका मुद्दालाई निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्न आवश्यक : कोप– २८ अध्यक्ष जाबेर

बिआरटीनेपाल २०८० मंसिर २५ गते ५:२४ मा प्रकाशित

कोप– २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले जलवायु परिवर्तन न्युनिकरणका लागि भइरहेको बहसलाई चाँडोभन्दा चाँडो अन्तिम निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनका पक्ष राष्ट्रहरूले जोखिममा रहेका मुद्दाहरूमा सहमतिमा पुग्न वार्तामा थप जोड दिन आवश्यक रहेको अध्यक्ष जाबेरले बताउनुभएको हो । उहाँले प्रगति भइरहेपनि पर्याप्त र छिटो काम हुन नसकेको बताउनु भयो ।

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रहरूको सम्मेलनको २८ औँ सत्रमा कोप– २८ को पछिल्लो घटनाक्रमबारे जानकारी दिँदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । अध्यक्ष जाबेरले जलवायु परिवर्तनका मुद्दालाई गहन रुपमा लिएर खुला रुपमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मुद्दाहरूलाई निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

आफूले मुद्दा समाधानका लागि सबै देशहरु तयार हुनुपर्ने चाहेको बताउँदै उहाँले सबैजना लचिलो हुन र सम्झौता स्वीकार गर्न तयार हुनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू